1081
Shares
पुष २८ – भारत भ्रमणमा रहेका नेपाली सेनाका प्रधान सेनापति पूर्णचन्द्र थापालाई भारतमा भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । आज शनिबार राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रमकाबीच थापालाई भारतका राष्ट्रपति राम नाथ कोविन्दले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
नेपाल र भारतीय सेनाबीच रहिआएको परम्परागत आपसी सौहार्द सम्बन्ध अनुरूप दुवै देशका सेना प्रमुखलाई कदरस्वरूप सन् १९५० देखि मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएको छ। शुक्रबारदेखि भारत भ्रमणमा रहेका थापाले न्यू दिल्लीस्थित नेशनल डिफेन्स कलेजको निरीक्षण पनि गरेका थिए।