२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

यी महिलाको चक्करमा श्रीमती छोडेका हुन विश्वकै धनी व्यक्ति बेजोसले

3479 Shares
Spread the love

एजेन्सी । एकाएक अजेमनका मालिक विश्वकै धनी व्यक्ति जेफ बेजोस (५५)ले श्रीमतीलाई डिभोर्स दिएपछि त्यसले विश्वमै चर्चा पायो । २५ वर्ष लामो वैवाहिक जीवन टुंग्याएका बेजोसले एक महिलाका लागि श्रीमतीलाई डिभोर्स दिएको खुलासा एक अमेरिकी पत्रिकाले गरेको छ ।

अमेरिकी म्याग्जीन द एन्क्वाइररले पूर्व टिभी एंकर लारेन सांचेज(४९) सँगको सम्बन्धका कारण बेजोसले श्रीमतीलाई डिभोर्स दिएको दावी गरेको छ । समाचारअनुसार सांचेजले श्रीमान प्याट्रिक वाइटसेलसँग डिभोर्स गरिसकेकी छन् ।

बेजोस २ वर्ष पहिला वाइटसेलकै माध्यमबाट सांचेजसँग परिचित भएका थिए । वाइटसेल र बेजोस साथीसमेत हुन् ।

द इन्क्वाइररले गएका ४ महिनादेखि उसको टीमले बेजोसको ५ राज्यमा ४० हजार मीलका दूरीसम्म ट्र्याक गरेको बताएको छ । म्याग्जीनले त्यसको प्रमाण पनि आफुसँग रहेको बताएको छ ।

म्याग्जीनले बेजोसले आफ्नो ४५५ करोड भारु बराबरको नीजि जेटमा सांचेजलाई कैयौं पटक विभिन्न सहमा घुमाएकोसमेत दावी गरेको छ ।
म्याग्जीनले सो विषयको समाचार गएको बिहीबार प्रकाशित गर्ने तयारी गरेपछि बेजोसले बुधबार नै डिभोर्सबारे सार्वजनिक गरेको दावी गरिएको छ ।

समाचारअुसार बेजोसले सांचेजलाई कैयौ पटक अश्लील तस्वीर र म्याजेज पठाएका थिए । म्याग्जीनले यो विषयमा ११ पेजको रिपोर्ट प्रकाशित गरिने जनाएको छ ।

समाचारअनुसार बेजोसको यो समाचार द इन्वाइररले गर्नुमा राष्ट्रपति डोनल्ड ट्रम्पसँग पनि जोडिएको हुन सक्ने बताइएको छ । ट्रम्प अमेजन र बेजोसका विरोधी हुन् भने द इन्वाइररका मालिक ट्रम्प निकट रहेको बताइएको छ ।

द वाशिंगटन पोस्टका समेत मालिक रहेका बेजोस विरोधी भएकाले ट्रम्पले त्यस्तो रिपोर्टमा सहयोग गरेको हुन सक्ने बताइएको छ । वाशिंगटन पोस्ट ट्रम्पको आलोचक पत्रिकाका रुपमा चिनिन्छ भने द इन्वाइररले धेरै पटक ट्रम्पको पक्षमा रिपोर्टहरु गर्दै आएको छ ।

प्रतिक्रिया