२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

आन्तरिक वायुसेवाले हवाई भाडा घट्यो

1007 Shares
Spread the love

पुष २७ – आन्तरिक वायुसेवाले हवाई  भाडा घटाएको छ । नेपाल आयल निगमले आन्तरिक वायुसेवाले प्रयोग गर्ने हवाई इन्धनको मूल्य घटाएसंगै आइतबारबाट लागू हुने गरीभाडा घटाएको हो । वायुसेवा सञ्चालक संघले माउन्टेन फ्लाइटसहित काठमाडौं विमानस्थललाई आधार बनाएर ११ वटा गन्तव्यको लागि हवाई भाडा घटाएको हो ।

वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौं विमास्थलबाट उडान हुने पोखरा १५५, भरतपुर ११०, विराटनगर २४०, जनकपुर १३०, भैरहवा २०५, नेपालगन्ज ३२५, भद्रपुर ३०० र तुम्लिङटारको लागि १८५ रुपैयाँले हवाई भाडा घटेको छ भने काठमाडौंबाट सिमराको लागि सबैभन्दा कम ९० रुपैयाँ घटेको छ ।

प्रतिक्रिया