एक्सन विधामा निर्माण भएको फिल्म रणवीरको ट्रेलर रिलिज भएको छ । साउथ इण्डियन फिल्मको झल्को दिने टिजरपछि निर्माण टिमmे फिल्मको ट्रेलर रिलिज गरेको हो । फिल्ममा एश्वर्य फेम एक्टर प्रशान्त ताम्राकार र सुशील सिटौला को घम्साघम्सी लडाई देखाईएको छ । ट्रेलरमा प्रेम, मित्रता, बदला, हाँसो, रोदन सबै कुरा मिश्रित रहेको छ । ट्रेलरबाट पनि अनुमान लगाउँ सकिन्छ की एक्सन फिल्म रुचाउँनेहरुका लागि रणवीर राम्रो फिल्म बन्नेछ ।

यस फिल्ममा पहिलो पटक सुशिल फरक भुमिकामा देखिएका छन् ।उनले यही फिल्मका लागि आफ्नो तौल १५ किलो बढाएर ८५ केजी बनाएका थिए । फिल्मका लागि आफुले निकै मेहनत गरेको उनले बताए । उता प्रशान्त यस फिल्ममा पनि खलपात्रको भुमिकामा देखिएका छन् । गोमा बिस्ट थापा र दिपेन्द्र रेग्मीले निर्माण गरेको यस फिल्ममा प्रशान्त , सुशिलसंगै शुभेच्छा खड्का, सुपुष्पा भट्ट, रवि गिरी, नरेश पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।
रणवीरमा महेश पौडेलको छायांकन, कृष्ण भण्डारीको सम्पादन, चन्द्र पन्तको द्वन्द्व, गम्भिर बिष्ट र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ । करिब २ करोडको बजेटमा तयार भएको यस फिल्ममा कथा, पटकथा, संवाद तथा निर्देशन गोविन्द सिंह भण्डारीको रहेको छ । फिल्म माघ १८ बाट अल नेपाल रिलिज हुँदैछ ।