२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

पूर्वराजा महेन्द्रसंग हिमचिम भएका बलिउड नायकको नेपाल मोह

1338 Shares
Spread the love

बलिउडमा कुनै समय सुपरस्टारका रुपमा रहेका स्वर्गीय नायक देव आनन्दको लोकप्रियता त्यतीबेला भारतमा मात्र होईन नेपालमा पनि कम थिएन । उनको अभिनय , नाच्ने शैली , संवाद र कालो ड्रेसले धेरै युवतीहरुलाई हायलकायल नै बनाएको थियो ।कति सम्म भने उनले कालो रंगको ड्रेस लगाउँदा युवतीहरु बेहोस हुँदै ढल्न थालेपछि उनलाई लामो समय कालो रंगको ड्रेस लगाउँन बन्देज नै गरिएको थियो । यति लोकप्रियता कमाएका नायक , निर्माता एवं निर्देशक देव आनन्दको नेपाल मोह भने गजबको थियो ।

उनले कथाले मागेअनुसार वा भनौ नेपाललाई नै ध्यानमा राखेर ३ / ४ वटा फिल्महरु नेपालमा छायांकन पनि गरेका थिए । सम्भवत त्यती बेला बलिउड फिल्महरु नेपालमा छायांकन गर्ने क्रमको बढवा उनले नै दिएका हुन् । त्यसपछि भने मात्र अन्य फिल्महरुको सुटिङ नेपालमा भएको थियो र आजसम्म पनि त्यो कायमै छ ।

प्रतिक्रिया