२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

फुट्यो विवेकशील साझा : उज्वल थापाले नयाँ दल दर्ताका लागि दिए निर्वाचन आयोगमा निवेदन

1177 Shares
Spread the love

काठमाडौं -विवेकशील साझा पार्टी फुटेको छ । साझाका ३५ मध्ये १६ जनाले नयाँ दल दर्ताका लागि निवेदन दिएका छन् । पार्टीको उज्वल थापा समूहका १६ सदस्यले विवेकशील नेपाली दल नाम माग गर्दै नयाँ पार्टी दर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएका हुन्।

निवेदन दिनेमा संयोजक थापा, रन्जु दर्शना, मिलन पाण्डे, विराज भट्ट श्रेष्ठ, रमेश पौडेल, सुवुना भट्ट, डा. अंशु थापा लगायत रहेका छन्।

संयोजक रबिन्द्र मिश्र र थापाबीच पार्टीको आगामी रणनीति, नेतृत्वको भूमिका लगायतका विषयमा पार्टीभित्र मतभेद चुलिएको थियो। पुस ३० गतेकालागि बोलाइएको पार्टीको केन्द्रीय समितिको बैठक अघि पार्टी सदस्यहरु स्पष्ट रुपमा मुलतः रबिन्द्र मिश्र र उज्वल थापा गुटमा विभाजित देखिएका थिए।

प्रतिक्रिया