२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

सम्वृद्धि रियल इस्टेटले अब बेलायतको अल्डरसटबाट पनि सेवा दिने

1247 Shares
Spread the love

लन्डन । बेलायतको अल्डरसटमा लण्डनमा सम्वृद्धि रियल इस्टेटको सम्पर्क कार्यालय उद्घाटन गरि कार्य आरम्भ गरिएको छ ।

अन्तरास्ट्रिय स्तरको ब्याबसायिक रियल इस्टेट सेवा नेपालमा प्रदान गर्ने अभिप्रायले खोलिएको उक्त कम्पनीले विश्वको  धेरै मुलुकमा आफ्नो सम्पर्क कार्यालय खोल्ने र नेपालको ठुला सबै सहरहरुमा पुग्ने उदेस्य अनुरुप यो सम्पर्क कार्यालय खोलिएको हो ।

एनआरएनए युकेका अध्यक्ष योग कुमार फगामीद्वारा उद्घाटन उक्त कार्यक्रममा एनआरएनए युके अध्यक्ष योग कुमार फगामी, संरक्षक योगेन क्षेत्री,एनआरएन युकेका पूर्व अध्यक्ष मुछेत्र गुरुङ एनआरएन युकेका उपाध्यक्षहरु पुनम गुरुड्ग,प्रेम गाहा मगर, शेर बहादुर सुनार,थर्क सेन,पत्रकार पुर्ण गुरुड्ग,बाचस्पति रेग्मी लगायतको उपस्थिति रहेको थियो ।
अब  अल्डरसटमामा  बस्ने नेपालीहरुले नेपालको प्रोपटिको लागि पनि अन्तरास्ट्रिय स्तरको रियल इस्टेट सेवा युके मा नै प्रदान गरिने , नेपालमा प्रोपर्टी ब्यबसाय लाई अन्तरास्ट्रिय मापदण्ड अनुसार बनाई सस्थागत गर्न प्रयास गर्ने , सम्वृद्धिको अभियान लाई बिस्व भरि ,नेपाल भरि पुर्याउने लक्ष्य राखीएको ,संसार भरि छरिएका नेपालीहरुलाई प्रोपर्टीको बारेमा सहि सूचना दिने ,उचित लगानीको अवसर प्रदान गरिने भन्दै उक्त कार्यक्रममा कम्पनीको बारेमा सम्वृद्धि रियल इस्टेटका मार्केटिंग डाईरेक्टर एबम एनआरएनए युकेका उपाध्यक्ष ललित न्यौपानेले जानकारी गराएका थिए ।

नेपाल र नेपालीलाई सम्बृद्ध बनाउने पबित्र उदेस्य बोकेको यस कम्पनीको सफलताको सुभकामना व्यक्त गर्दै सेवा लिन एबम सहकार्य गर्न तयार रहेको उक्त कार्यक्रमका सहभागीहरुले बताएका  थिए ।

 

प्रतिक्रिया