२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

किन छाडे अनमोलले ४५ लाख ?

922 Shares
Spread the love

काठमाडौँ । ४५ लाख रुपैयाँमा अभिनय गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरिसकेका अभिनेता अनमोल केसीले प्रि–प्रोडक्सनमा रहेको चलचित्र ‘ब्याचलर बन्टि’ बाट हात झिकेका छन् । निर्माता सदीप खड्कासँग केहि झिकेका छन् । निर्माता सुदीप खड्कासँग केही अघि मात्र वैशाखदेखि फ्लोरमा जाने गरी सम्झौता गरेको अनमोल साइनिङ अमाउन्टका रुपमा लिएको १० लाख रुपैयाँसमेत फिर्ता गरेका छन् । अनमोलले गत आइतबार औपचारिक रुपमा उक्त चलचित्र घोषणा गरेका हुन् । भनिन्छ, अनमोललाई चलचित्रको कथा चित्त बुझ्दो लागेन । स्क्रिप्टमा समस्या नभए पनि कथा मन नपरेकै कारण अनमोलले ठूलो धनराशि पारिश्रमिक पाउने चलचित्र छाडेको बताइन्छ । ‘मेरा लागि तयार पारिएका चरित्रमै मैले चित्त बुझाउन सकिन, अनमोल भन्छन्– ‘आफूलाई नसुहाउने चरित्रमै जबर्जस्ती अभिनय गर्नु गलत हो जस्तो लागेर पछि सरेको हुँ ।’ अनमोलले आफ्नो अभिनय करियरमा पहिलो पटक सम्झौता गरिसकेको चलचित्र छोडेका हुन् । शुक्रबारको सहयोगमा ।

प्रतिक्रिया