२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

अर्जुन कपुर र मलैकाको मोजमस्ती कारण सलमान र बोनी कपुरको दुश्मनी

789 Shares
Spread the love

एजेन्सी । बलिउड फिल्म निर्माता बोनी कपुर र अभिनेता सलमान खानबीच सम्बन्ध बिग्रिएको छ । बोनी कपुरका छोरा अर्जुन कपुरले सलमान खानका भाइ अरबाज खानकी पुर्व श्रीमतीसँग अफेयर गरेपछि उनीहरुको सम्बन्ध बिग्रिएको हो । सलमान खानले आफ्ने मानसम्मानमा अर्जुन कपुरले बदनाम गरेको भन्दै बोनी कपुरलाई बलिउडमा काम गर्न समेत असहज वातावरण बनाएको बताइएको छ । सलमान खानलाई कुनै समय आफ्नो आइडल मान्ने अर्जुन कपुरको बलिउड करिअर पनि धरापमा परेको बताइएको छ । मलैकासँग अफेयर गरेकै कारण अरबाजसँग डिभोर्स भएको मिडिया रिपोर्टमा उल्लेख छ । बोनी कपुर पछिल्लो समय श्रीदेविको बायोपिक निर्माण गर्ने योजनामा रहेको बताइएको छ । तर, यो बायोपिक निर्माण गर्न पनि उनलाई असहज वातावरण भएको बताइएको छ । सलमान खानले विभिन्न पक्षसँग मिलेर बोनीलाई यस्तो वातावरण निर्माण गराउन लागेको बताइएको छ ।

प्रतिक्रिया