२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

राष्टपति भण्डारीद्वारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

2388 Shares
Spread the love

काठमाडौंः आज पुस २७ अर्थात पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा राष्ट्रपति विद्या देवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छिन्।

शुक्रबार सिंहदरबारको मूलगेटमा आयोजित एक समारोहमा पुगेर भण्डारीले त्यहाँ रहेको राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी हुन्।

र्याली तथा विभिन्न सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएको उक्त कार्यक्रममा भण्डारीलाई नेपाली सेनाले सलामी समेत अपर्ण गरेको थियो।

समारोहमा पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतिकको रुपमा स्मरण गर्दै राष्ट्रिय झण्डा फहराइएको थियो । उक्त समारोहमा मन्त्रीपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मी, मन्त्रीहरु, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापालगायतका नेताहरुको समेत सहभागिता रहेको थियो ।

राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरेकाले उनको सम्मानमा जन्मजयन्तिको अवसर पारेर पुस २७ गते राष्ट्रिय एकता दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया