२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

“आज पृथ्वीनाराण शाहको इतिहास मेटाइए भोलि हाम्रो इतिहास पनि मेटिने पक्का हो,”

920 Shares
Spread the love
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पृथ्वीनारायण शाहको योगदानको विश्लेषण गरिनुपर्ने बताएका छन् ।
पुस २७ गते अर्थात् पृथ्वी जयन्तीलाई सार्वजनिक बिदा दिएर राष्ट्रिय एकता दिवसका रुपमा मनाउनुपर्ने माग राख्दै राप्रपा (प्रजातान्त्रिक) ले हस्तान्तरण गरेको ज्ञापन पत्र बुझ्दै बिहीबार मुख्यमन्त्री शाहीले पृथ्वीनारायण शाहले गरेका राम्रा/नराम्रा कामको विश्लेषण हुनुपर्ने बताए ।
“पृथ्वी जयन्तीका लागि माग गरिएको सार्वजनिक बिदा राष्ट्रिय सरोकारको विषय भएकाले गम्भीर भएर देशव्यापी रुपमा छलफल गर्नुपर्छ,” मुख्यमन्त्री शाहीले भने, “सबैको चित्त बुझ्ने गरी निष्कर्षमा पुग्न जरुरी छ ।”
ज्ञापनपत्र हस्तान्तरण गर्दै राप्रपा (प्रजातान्त्रिक)का नेता कविराम पुरीले पृथ्वीनारायण शाहको इतिहास रक्षा गर्न नसके देशलाई नै अन्याय हुने बताए । “आज पृथ्वीनाराण शाहको इतिहास मेटाइए भोलि हाम्रो इतिहास पनि मेटिने पक्का हो,” नेता पुरीले भने, “यसका लागि बेलैमा वर्तमान सरकारले सही निर्णय लिनुपर्छ ।”

प्रतिक्रिया