२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

रवि ओड कैलाली पुग्दा भव्य स्वागत र सम्मान (भिडियो)

1664 Shares
Spread the love

काठमाडौँ। जापान टुरबाट स्वदेश फर्किएका नेपाल आइडल दोस्रो सिजनका विजेता रवि ओडलाई आफ्नो गृह क्षेत्रमा भव्य स्वागत गरिएको छ। नेपाल आइडल बनेपछि रवि दोश्रो पटक आफ्नो गृह क्षेत्रमा पुगेका हुन्।

पहिलो साङ्गीतिक प्रस्तुतिको लागि जापान पुगेको नेपाल आइडल सिजन २ का टप ५ प्रतियोगीहरू मङ्गलबार नेपाल फर्केका हुन्। पहिलो अन्तर्राष्ट्रिय साङ्गीतिक यात्रामा नेपाल आइडलका टप ५ प्रतिस्पर्धी रवि ओड, विक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठक र अमित बराल जापान पुगेका थिए। जापानमा रहँदा उनीहरूले फुकोवो, नागोया र टोकियोमा आयोजित साङ्गीतिक कार्यक्रमहरूमा आफ्नो प्रस्तुति दिएका थिए।

समाचारमा जनाइए अनुसार नेपाल आइडल रविले कैलालीको लम्कीमा निर्माणाधीन नमुना अध्ययन गृहलाई ३० हजार सहयोग समेत गरेका छन् ।

प्रतिक्रिया