२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

अस्ट्रेलियामा फेरी अर्को नेपाली बिध्यार्थीको मृत्यु

1243 Shares
Spread the love

अस्ट्रेलिया-अस्ट्रेलियाको नेपाली समुदाय नया बर्ष लगत्तै दुखद समाचारवाट ग्रुजनु परेको छ । यसै हप्ता मात्र दुई नेपाली बिध्यार्थीको पानीमा डुबेर दुर्घटनामा परेको खबर सेलाउन नपाउँंदै फेरी बिहिबार राती ओलंघन क्षेत्रमा एक नेपाली बिध्यार्थीको गाडी दुर्घटनामा परेर मृत्यु भएको दुखद खबर प्राप्त भएको छ ।
चितवन घर भएका सुजन दाहालको गाडि रोकिराखेको ठुलो ट्रकमा ठोक्कीन पुगेपछि उनको मृत्यु भएको हो । गाडी दुर्घटनाकै क्रममा ओलंघन अस्पताल ल्याइएको उनलाई चिकित्सकले मृत घोषित गरेका थिए ।
न्यु साउथवेल्सको डब्बो क्षेत्रको टारीमा परिबार बसोबास गर्दै आएको र सुजन ओलंघनवाट आउजाउ गर्ने गरेको स्थानिय नेपालीले बताए । उनी डोमिनोज र स्वास्थ क्षेत्रमा कार्यरत रहेको र हरेक विकेन्डमा परिबारसँंग समय बिताउन टारी जाने गर्दथे । बिहिबार राती पनि उनि काम सकेर टारी फर्कने क्रममा दुर्घटना परेको हुनसक्ने उनलाई नजिकवाट चिन्ने नेपाली समुदायका अगुवा नारायण चापागाइले बताए । हस्पीटलमा रहेको उनको लासलाई पहिचान गर्ने क्रममा हस्पतालमा रहेका नारायणले भावुक हुदै भने, हामीले लास हरेपछि
उनको पहिचान गरेका हौ । सारै मिलनसार र भद्र सुजनको यो अपत्यारिलो समाचारले ओलंघनको नेपाली समाज शोकवाट गुज्रेको चापागाइले बताए ।
डोमिनेज पीज्जा स्टोर ओलंघन क्षेत्रमा समेत लामो समय काम गरेका सुजन निकै सहयोगी र समाजीक कार्यमा समेत अग्रपंक्तीमा रहने मृदुभाषी ब्यक्ती रहेको डोमिनोजका सन्चालक तथा आइसीसी क्षेत्रीया संयोजक धर्मराज अधिकारीले बताए । उनको असमायिक निधनले ओंलघंनको नेपाली समाज मर्माहत भएको भन्दै अधिकारीले भने ,यस्तो खबर सुन्न कहिल नपरोस ।

प्रतिक्रिया