२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

राजदूत लक्की शेर्पामाथि भ्रमपूर्ण समाचार सम्प्रेषण भएको भन्दै शेर्पा समुदायको आपत्ती

1578 Shares
Spread the love

काठमाडौ  ।अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाका विषयमा विभिन्न सञ्चार माध्यममा आएका समाचारप्रती शेर्पा समुदायले आपत्ति जनाएको छ ।

परराष्ट्र मन्त्रालयले आरोपको सम्बन्धमा अनुसन्धान भइरहेको र कुनै पनि आधिकारिक निर्णय सार्वजनिक नभएको अवस्थामा सञ्चार माध्यमहरुले ‘शेर्पालाई बर्खास्त गरिएको, ‘राजीनामा दिएको’ जस्ता समाचार प्रकाशन, प्रसारण गरेर समग्र शेर्पा समुदायको प्रतिष्ठामा आँच पुर्याउने काम गरेको भन्दै शेर्पा समुदायले विज्ञप्ती जारी गरेर आपत्ती जनाएको छ।

नेपाल शेर्पा महिला संघ, हिमालयन शेर्पा साँस्कृतिक केन्द्र, नेपाल शेर्पा विद्यार्थी संघ, शेर्पा सञ्चार समुह नेपाल, नेपाल शेर्पा युवा संघ लगायतले संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै तथ्यहीन समाचार सम्प्रेषण नगर्न सबसञ्चारमाध्यमलाई अनुरोध समेत गरेको छन।

प्रतिक्रिया