२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

डा.गोविन्द केसीको समर्थनमा इलामका महिला सडकमा

1150 Shares
Spread the love

यमुना लुईंटेल:

इलाम । चिकित्सा क्षेत्र सुधारको माग गर्दै डा.गोविन्द केसीले इलाममा सुरु गरेको १६ औं सत्याग्रहको समर्थनमा बिहीबार इलामका महिलाहरुले र्‍याली निकालेका छन् ।

डा. केसीको माग पूरा गर्न सरकारलाई दबाब स्वरुप महिलाहरुले र्‍याली निकालेका हुन् ।

सत्याग्रह बसिरहेको स्थान फुलगाछीबाट निस्केको र्‍यालीले इलाम बजार परिक्रमा गरी चोकबजारमा कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै महिला अगुवा विष्णु लिम्बू दाहालले डा. केसीको माग जायज भएकाले पूरा गर्न सरकारलाई आग्रह गरिन् ।

महिलाहरुले बोकेको प्लेकार्डमा ‘डाक्टर तिमी एक्लै छैनौ’, ‘डाक्टर केसीको माग पूरा गर’, ‘आइएम विथ डा. गोविन्द केसी’ लगायत नाराहरु लेखिएको थियो ।

गत १०  साउनमा सरकारसँग भएको सहमतिविपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बुधबार संसदीय समितिले पारित गरेपछि डा. केसीले ६ बुँदे मागसहित सत्याग्रह थालेका हुन् ।

प्रतिक्रिया