२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

निर्मला प्रकरणः किन कुटिइन् निर्मलाकी आमा ? (भिडियो सहित)

5922 Shares
Spread the love

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको करिब पाँच महिना पुगिसकेको छ।

निर्मला हत्याकाण्डमा लापरबाही गरेको भन्दै कञ्चनपुरका तत्कालिन प्रहरी प्रमुख प्रहरी उपरीक्षक डिल्लीराज विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त गरिसकेको छ। त्यस्तै दर्जनौँको डीएनए परीक्षण गरिसकेको छ तर कसैको पनि मिलेको छैन।

सरकारले निर्मला हत्याकाण्डमा लापरबाही गरेको भन्दै सरकारको आलोचना पनि त्यत्तिकै छ। त्यसै सेरोफेरोमा निर्मला पन्तका बुवा यज्ञराज पन्त केही समय अगाडि छोरीको न्यायको लागि अनसनमा बसेका बेला मानसिक सन्तुलन गुमाएको भन्दै उनको त्रिबि शिक्षण अस्पतालमा उपचार भएको थियो।

त्यसपछि घर फर्किएका पन्त दम्पतीमा नै विवाद सिर्जना भएको छ। निर्मलाकी आमा दुर्गादेबी पन्तले अरुले दिएको १८ लाख खाएको भन्दै यज्ञराजले कुटपिट पनि गरेका छन्।

दुर्गादेबीले सो रकम खाएको भन्दै यज्ञराजले भनेका छन्, ‘छोरीको हत्यारा पनि तँ नै होस्, अब तेरो घरमा म फर्केर पनि आउँदैन। म तेरो घरमा झुण्डिएर मर्छु, तेरो घरमा झुण्डिएर मरेन भने, मेरो मुखमा मुतेस्।’

उनले मात्र होइन अरु छिमेकीले पनि दुर्गादेबीलाई ‘तपाईलाई बाबुरामले नै किनी सक्यो सुरुमै १ लाख दिएर।’ अब निर्मलाको हत्याको जिम्मा दुर्गादेबीले लिनुपर्ने बताएका छन्।

यज्ञराज पन्तले त पैसा खाएको भन्दै पाकेको खाना पनि बाहिर फालेको छन् भने दुर्गादेबीलाई कुटपिटका साथै सबैको अगाडि दुव्र्यवहार गर्दै आएका छन्।

(हेर्नुहोस् भिडियो)

प्रतिक्रिया