1200
Shares
पुष २६- वाईडबडी खरिद प्रकरणले बिवादमा आएका नेपाल वायुसेवा नियमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कारवाही गर्न प्रतिपक्ष दल लगायतका आम जनताले पनि माग गरिरहेको बेला उनीमाथि तत्काल कारवाही नहुने भएको छ । विमान खरिदमा चरम भ्रष्टचार भएको भन्दै कंसाकार दोषी मानिएको उनीसंगै पर्यटन सचिव कृष्ण देवकोटालाई सदको सार्वजनिक लेखा समितिले निलम्बन गर्न निर्देशन दिएको थियो ।
तर सरकार प्रवक्ता गोकुल बास्कोटाका अनुसार विमान खरिद प्रकरणको अनुसन्धानका लागि न्यायिक आयोग गठन भएकोले अहिले नै कुनै निर्णय लिन सक्ने अवस्था छैन । उनले भने “उपसमितिबाट केही कुरा आयो, मूल समितिको अर्को आयोहतारमा निर्णय गर्नुभन्दा आयोगको निष्कर्ष आएपछि यो विषयले अन्तिम किनारा पाउँछ” । हालको लागि यसलाई सरकारले ढाकछोपको प्रयास गरेको भनेर नबुझिदिन उनले आग्रह गरे ।