२०८१, ६ चैत्र बिहीबार
×

ट्रेन्डिङ

श्रृङखलालाई धर्म प्रचारको आरोप

1146 Shares

मिस वर्ल्ड प्रतियोगिता विश्वभर नेपालको नाम चम्काएकी श्रृङखला खतिवडा यतिबेला नेपाली सेलिब्रेटीमा हट केक हुन् । मिस नेपाल भएदेखि मिस वर्ल्डको प्रतिष्पर्धासम्म आईपुग्दा उनको चर्चा निकै चुलियो । सुन्दर अनि बौद्धिक यी मिस नेपाल पछिल्लो समय समाज सेवाका कामहरुमा पनि निकै अग्रसर छिन् । बिषेशगरी उनी मकवानपुरस्थित चेपाङ बस्तीमा हेल्थपोस्ट निर्माण गरिरहेको कारण उनले सबैको प्रशंसा बटुलिरहेकीछिन् । यसबीचमा श्रृङखला आलोचनामा आएकीछिन् ।

क्रिसमसको बेलामाकवानपुरको कैलाश गाउँपालिकामा पुगेर उनले चेपाङ बस्तिका विपन्न घरपरिवारलाई न्यानो कपडा बाढेकी थिईन् । जहाँको तस्बिर यतिबेला सामाजिक सञ्जालहरुमा निकै भाईरल भईरहेको छ । नेकपाका सांसद बिरोध खतिवडा र मुनु सिग्देल खतिवडाकी छोरीसमेत रहेकी श्रृङखलालाई क्रिश्चियन धर्मको प्रचार गरेको आरोप लागेको छ । न्यानो कपडा बाड्ने क्रममा उनले क्रिसमसमा लगाउँने टोपी पनि लगाएकीछिन् भने अन्य बालबालिकाहरुले पनि सो टोपी लगाएका छन् संगै टोपी लगाई दिएकी पनि छिन् ।

उनलाई समाज सेवाको बाहानामा धर्म प्रचार गरेको भन्दै सामाजिक सञ्जालमा चर्काे आलोचना भईरहेको छ । उनलाई सामाजिक सञ्जालमा मिस नेपालले धार्मिक प्रचार हुने खालका टोपी बाँड्न मिल्छ रु भन्दै प्रश्न गरिएको छ । छ भने उनले धर्म प्रचार किन गरिन् भनेर प्रश्न गर्नेहरु सामाजिक सञ्जालमा धेरै देखिएका छन् । तर श्रृङखलाले भने आफुले धर्म प्रचार नगरेको तर क्रिसमस भएकोले रमाईलो मात्र गरेको बताएकीछिन् ।

नेपाल धर्म निरपेक्ष राष्ट्र भएकोले क्रिसमस टोपीलाई लिएर बिवाद गर्न आवश्यक नै नरहेको बताउँदै उनी भन्छिन् “थेम्स कलेजका केही विद्यार्थीहरुले बच्चाहरुलाई सानो उपहारका रुपमा ती टोपीहरु उपलब्ध गराउनुभएको हो । त्यसलाई मैले बाँडेकी हुँ । बच्चाहरु रमाए । के गल्ती भयो ? ‘म हिन्दू हुँ तर अरु धर्मका चाडपर्वलाई पनि सम्मान गर्छु” ।हुन सक्छ मिस नेपालहरुमा श्रृङखला सर्वाधिक चर्चित बनेको कारण पनि उनीप्रति आम मानिसहरुको चासो बढि छ । अर्कातिर उनको पारिवारिक पृष्ठभुमि कम्युनिष्ट भएको कारण पनि उनलाई बेला बेला बिवादहरु ल्याउँने प्रयास गरिएको छ ।

 

प्रतिक्रिया