२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

खानहरुको फिल्म नचल्दा रणवीरले भने “अब चाही मेरो पनि दिन आयो”

1087 Shares
Spread the love

केही समय अगाडीमात्र बिवाह गरेका बलिउड नायक रणवीर सिंहलाई दर्शकहरुले निकै प्यारो उपहार दिएका छन् उनको फिल्म सिम्बालाई बक्सअफिमा सुपरहिट बनाईदिएर । रोहित शेट्टीको निर्देशनमा बनेको यस फिल्मलाई दर्शकहरुले निकै रुचाएका छन् त्यतीमात्र होईन फिल्मलाई त समिक्षकहरुले पनि रुचाए । पहिलो दिन सारुख र आमिरको रेर्कड तोडेको यस फिल्मले १३ औँ दिनसम्म पनि आफनो कलेक्सनको रफ्तार रोकेको छैन । फिल्मले अहिलेसम्म २ सय करोड पार गरिसकेको छ । यसको खुसी रणवीरलाई कम छैन ।

हिजो मात्र उनको अर्काे फिल्म गली व्योईको ट्रेलर रिलिज भएको छ जसमा उनी ¥यापरको भुमिकामा देखिएका छन् । प्रेसमिटमा रणवीरलाई सलमान खान , सारुख र आमिर जस्ता नायकहरुलाई जितेको भन्दा उनी मख्ख परे । उनले यसबारेमा बोल्दै भने “खान नायकहरुको फिल्म नचल्दा म खुसी हुन्न । हो म यसमा निकै खुसी छु की मेरो फिल्म चल्यो । म यही फिल्म इन्डष्ट्रीको हिस्सा हुँ त्यसैले यसमा म खुसी हुन सक्दिन । तर तपाईले भन्नु भयो लाग्छ अब चाहि मेरो पनि दिन आयो” ।

 

प्रतिक्रिया