२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

केश मुण्डन गरेर आमाको किरिया बसिन् सांसद उषाकला, श्रीमान्ले यस्तो भने

1010 Shares
Spread the love

काठमाडौं। प्रदेशसभा सांसद उषाकला राई कपाल मुण्डन गरेर आमाको किरिया बसेकी छिन् । मातापिताको किरिया छोराले नै गर्नुपर्ने मान्यतालाई तोड्दै सांसद उषाकला किरिया बसेकी हुन् । उषाकलाका दाजुभाइ छैनन् । उनकी आमा लक्ष्मी राईको बुधबार ७५ वर्षको उमेरमा निधन भएको हो ।

निमोनियाको उपचारका क्रममा ग्राण्डी अस्पतालमा लक्ष्मीको निधन भएको हो । आमाको निधनपछि राईले आफैं किरिया बस्ने निर्णय गरेकी हुन् । उषा केस मुण्डन गरेर किरियापुत्री बसेकी छन् । अब ५ दिनसम्म काठमाडौंमा बस्ने र त्यसपछि जन्मघर खोटाङ जाने उषाका श्रीमान एवं पूर्वकानुनमन्त्री शेरबहादुर तामाङले जानकारी दिए ।

आमाको किरियापुत्री बस्ने श्रीमतीको निर्णयको सम्मान गर्दै सांसद तामाङले फेसबुकमा लेखेका छन् ‘उषाजी तपाईं सांच्चै महान हुनुहुन्छ । छोरीलाई छोरा सरह समान अधिकारको लागि निरन्तर लडिरहने तपाईले पहिलो संविधानसभाको सदस्य भएर मौलिक अधिकार समितिमा बसेर त्यसको लैंगिक उपसमितिको संयोजक भएर सम्पुर्ण नेपाली नारीको अधिकारलाई लिपिवध्द गर्दै नेपालको संविधानमा महिलाको वंशको अधिकार स्थापित गर्न सफल हुनुभयो ।

आज आफ्नो ममतामयी आमा लक्ष्मी राईको निधनमा वास्तविक किरियापुत्री ९शब्दमा किरियापुत्री भनेपनी पुरुष अर्थात पुत्र बस्ने चलन० बसी समाजलाई देखाउनुभएको छ ।

यो अभियानमा संलग्न अन्य अग्रज नारीहरुलाई मेरो लाखौंलाख सलाम । महिला र पुरुषलाई लैंगिक हिसाबले गरिएको बिभेदको संवैधानिक र कानुनी हिसाबले अधिकांश अन्त्य भएपनी व्यहारिक हिसाबले अन्त्य गर्न तपाईंहरु जस्तै नारीहरुको अग्रज कदमले योगदान पुग्नेमा हामी विश्वास गर्दछौ । मेरो सधैं तपाईप्रती सम्मान र समर्थन छ ।’

प्रतिक्रिया