२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

बम्जनको आश्रमबाट २ जना प्रक्राउ

822 Shares
Spread the love

पुष २६ – लिटिल बुद्ध भनि चर्चामा आएका तपस्वी रामबहादुर बम्जन यतिबेला बिवादमा आएका छन् । उनीमाथि उनकै अनुयायी गंगामाया तामाङले बलात्कारको आरोप लगाएसंगै उनीमाथि ४ जना अनुयायीहरु बेपत्ता पारेको आरोपसमेत लागेको छ । बेपत्ताका परिवारले किटानी जाहेरी दिएपछि प्रहरीले यस घटनालाई सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेको छ । प्रहरीले बमजनको सिन्धुपाल्चोकस्थित आश्रमलाई सिल पनि गरिसकेको छ भने त्यहाँ केही शंकास्पद घटनाहरु भएको पनि प्रहरीको अनुमान छ ।

यसबीचमा प्रहरीले बम्जन को आश्रृमबाट दुई जनालाई नियन्त्रणमा लिएको छ । बेपत्ता अनुयायीको खोजीका क्रममा रहेको सिन्धुली प्रहरीले सोधपुछका लागि भन्दै कमलामाई नगरपालिका ८ पैरेस्थित आश्रमबाट महात्मा गुरु भनिने सर्लाहीका गोपाल योञ्जन र मकवानपुरका इन्द्रबहादुर स्याङतानलाई प्रक्राउ गरिएको प्रहरीले जनाएको छ । सामान्य सोधपुछका लागि उनीहरुलाई नियन्त्रणमा लिएको बताईए तापनि अन्य कुराहरु भने सार्वजनिक गरिएको छैन ।

प्रतिक्रिया