२०८१, ७ चैत्र शुक्रबार
×

ट्रेन्डिङ

दुई करोड हिनामिनापछि मालपोत कार्यालय भरतपुरका अधिकृत सम्पर्कविहीन

1107 Shares

पुष २६-  मालपोत कार्यालय भरतपुरका लेखा अधिकृत रिठ्ठे दर्जी एक महिनादेखि सम्पर्कविहीन छन् । मालपोत कार्यालयका प्रमुख लालकृष्ण शर्मा पौडेलका अनुसार आन्तरिक लेखा परीक्षणका क्रममा पौने २ करोड रुपैयाँ बेरुजु देखिएपछि भरतपुर १२ का दर्जी सम्पर्कविहीन भएका हुन् ।  मातपोत कार्यालयले संकलन गरेको एक करोड ७३ लाख रुपैयाँ लिएर दर्जी २५ मंसिरदेखि सम्पर्कविहीन भएको मालपोत कार्यालय भरतपुरले जनाएको छ ।६ मंसिरमा आन्तरिक लेखा परीक्षण कार्यालयले बेरुजु रकम दाखिलाको पत्र पठाएको थियो ।

पटक–पटक भन्दा पनि अटेर गर्दै आएका दर्जी सम्पर्कविहीन भएका हुन् । २६ मंसिरमा मालपोत कार्यालयले उक्त रकम असुल गरी विभागीय कारबाहीका लागि अख्तियारमा आवश्यक कागजात बुझाइसकेको उनले बताए ।  केही दिन बिदामा बसेर २४ मंसिरमा कार्यालयमा हाजिर भई उनले आफैँले रकम खर्च गरेको र तिर्न नसके कानुनअनुसार जस्तोसुकै कारबाही भोग्न तयार छु भनेर सनाखत गरेको प्रमुख शर्माले बताए ।

दर्जीसँग सम्पर्क नभएपछि घरमै खोज्न जाँदा भरतपुर १० मा रहेको सप्तगण्डकी डिपार्टमेन्ट स्टोर्समा मोबाइल र मोटरसाइकल छाडेर गएको पाइएको उनले बताए ।यसबीचमा दर्जी र उनको परिवारका सदस्यका नाममा रहेको सम्पत्ति रोक्का गरिसकिएको कार्यालयले जनाएको छ आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

प्रतिक्रिया