२०८२, २९ बैशाख सोमबार
×

ट्रेन्डिङ

आकास श्रेष्ठ एसियाकै ह्याण्डसम पुरुषको सूचिमा ,भोटिङ पनि सर्वाधिक अगाडी

1811 Shares

रामकहानीबाट रातारात चर्चामा आएका चकलेटी नायक आकास श्रेष्ठले यतिबेला नेपाललाई विश्वमाझ चिनाईरहेका छन् । अब कसरी भनेर प्रश्न आउँन सक्छ । वास्तविकता यस्तो छ । ‘म त तिम्रै हुँ ‘ फिल्मबाट नेपाली सिनेमा क्षेत्रमा भित्रिएका नायक आकास श्रेष्ठ एसियाकै ह्याण्डसम र आर्कषक पुरुषको लिस्टमा पर्न सफल भएका छन् । यसको बारेमा आकासले यसअघि नै जानकारी दिएका थिए तर जुन संस्थाले उनलाई ह्याण्डसम पुरुषको सूचिमा राख्यो उसले भने औपचारिकरुपमा घोषणा गरेको थिए ।

हालै  pinoypower.ph  ले सार्वजनिक गरेको लिस्टमा आकास पनि एसियाकै ह्याण्डसम पुरुषको लिस्टमा परेका हुन् । उसले अनलाईन भोट माफर्त एसियाकै ह्याण्डसम पुरुष रोज्न आग्रह गरेको छ । आकाससंगै उक्त लिस्टमा मलेसिया , थाइल्याण्ड , फिलिपिन्स , जापान , कोरियाका २ र चीनबाट पनि नाम समाबेश छ । एसियाबाट सय जना आर्कषित पुरुषहरु राखिएको छ । जहाँ आकास ग्रुप ५ मा परेका छन् ।

अनलाईन भोटिङ जनवरी २३ सम्म गर्न सकिनेछ । खुसीको कुरा आकास श्रेष्ठ नै अहिलेसम्म भोटिङमा अगाडी रहेका छन् । उता आफनो कोस्टार एसियाकै ह्याण्डसम पुरुषको सूचिमा परेपछि नायिका पुजा शर्माले आकासलाई भोट गर्न आग्रह गरेकीछिन् । आकासलाई मन पराउँने फ्यानहरुको उनलाई यो उपाधी जिताउँनका लागि परिक्षा सुरु भएको पनि चर्चा भईरहेको छ ।

कम बोल्ने र चकलेटी लुक्सका कारण युवायुवतीमाझ उनी लोकप्रिय छन् । उनको चकलेटी लुक्सको कारण उनी धेरै युवतीहरुमाझ लोकप्रिय छन् । भर्खरैमात्र बिर बिक्रम २ छाडेका उनी पुजाकै फिल्म सम्हालिन्छ कहिले मनमा अनुबन्धित भएका छन् ।

आकासलाई भोट गर्न यहाँ क्लिक गर्नुहोस 

प्रतिक्रिया