२०८२, ५ बैशाख शुक्रबार
×

ट्रेन्डिङ

निर्मलाको परिवारमा द्धन्द , श्रीमानबाट कुटिईन् दुर्गादेवी

1010 Shares

पुष २६ -कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको लामो समय बितिसक्दा पनि अपराधी प्रक्राउ गर्न नसकेपछि देशभर सरकार र प्रहरी संगठनको चर्काे आलोचना भईहरेको छ । यसैबीच निर्मला पन्तको भेजाइनल स्वाबमाथि शंका उब्जिएपछि यर्थाथका लागि जाँचको माग गरिएपछि निर्मलाकी आमा दुर्गादेवी पन्तको रगत परिक्षणका लागि दिएकी थिईन् ।

शंकास्पद व्यक्ति र आरोप स्विकारेका व्यक्तिको डिएनए म्याच नभएर अहिलेसम्म हत्यारा पत्ता नलागेपछि सबै प्रमाण नष्ट गरिएकाले एक मात्र प्रमाणका रूपमा रहेको भेजाइनल स्वाब निर्मलाकै हो / होइन भनेर शंका पैदा भएकाले त्यसको निवारणका लागि दुर्गादेवीको रगत जाँच गर्न दिइएको थियो तर निर्मलाका बुवा यज्ञराजले भने रगत दिन अस्वीकार गरेका थिए ।

प्रतिक्रिया