
एजेन्सी
प्रशान्त महासागरको बीचमा रहेको मार्शल आइल्याण्डमा आश्चर्यजनक रहस्यहरु भएको दावी गरिन्छ ।
त्याँहा खिचिएका तस्विरहरु पनि आश्चर्यजनक रहेका छन् । जस्लाई विश्वास गर्न निकै मुस्किल रहन्छ । यस्तैमा चर्चित स्कुवाडाइभर ब्रण्डी म्युलरले त्याँहाका पानीभित्र केहि तस्विरहरु खीचेकी थिईन् । जसलाई पत्याउनै मुस्किल थियो । त्याँहा उनले कुनै हवाइजहाजको अवशेष खिचेकी थिईन् ।
सो बिमान निकै ठूलो लडाकु विमानको अवशेष रहेको थियो । भने त्याहाँ उनका अगाडि एकपछि अर्को गर्दै हवाइजहाजका अवशेष आएका थिए । त्याहाँ जताततै अमेरिकन एयरफोर्सका जहाजहरु डुबेका थिए । बास्तवमा ति बिमानहरु दोस्रो विश्वयुद्धका भएको मात्रै म्युलरले पत्तालगाएकी थिईन् ।
विश्वयुद्धमा जापानलाई हराइसकेपछि अमेरिकाले १०० देखि १५० अतिरिक्त विमानलाई समुद्रमा डुवाएको थियो । विमान राख्ने ठाउँको अभावमा यस्तो गरिएको बताइन्छ। लडाकू विमानसँगै कैयौं कार्गो विकानलाई पनि त्याहाँ डुबाइएको बताइन्छ ।
हेरौ ति आश्चर्य लाग्दो तस्विरहरु