२०८१, ४ चैत्र मंगलवार
×

ट्रेन्डिङ

भियतनाममा यौनशक्ति बढाउन सर्पको मासु, रगत र रक्सी !

1254 Shares

काठमाडौं । भियतनाममा सर्पको रगत मिसाएको रक्सी र मासु हालेका विभिन्न परिकारहरू खाने चलन छ ।

त्यहाँ सर्पको मासुले यौनशक्ति बढाउँछ भन्ने लोकमान्यता छ ।

जथाभावी वनबाट सर्पहरू समातिँदा त्यहाँको पारिस्थितिक प्रणालीमा नराम्रो प्रभाव पर्ने वन्यजन्तुविद्हरू बताउँछन् ।

जंगलबाट समातेर ल्याइएका सर्पलाई काटिन्छ तर जिवितै राखेर र पछि उमालेको पानीमा हालेर मार्ने गरिन्छ । त्यसपछि टुक्रा पारेर पकाइन्छ अनि लेमन ग्रास र खोर्सानीसँग स्वाद मानेर खाने चलन छ ।

मानिसहरुले सर्पको पित्त, रगत र मुटुसँग मदिरा पनि पिउने गर्छन् । तर ५० बर्षमाथिका मानिसहरुले मात्र यसरी पिउनुपर्छ भन्ने मान्यता राख्दछन् ।

स्थानीयहरुका अनुसार सर्पको मासु खाँदा टाउको दुखेको निको हुन्छ, खाएको पच्छ र हड्डी बलियो हुन्छ । (बीबीसीबाट)

प्रतिक्रिया