
आशिस तामाङ
काठमाडौं– पहिलो संस्करणको गोकर्णेश्वर मेयर कप सेभेन ‘ए’ साइट फुटबल प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो खेलमा गोकर्णेश्वर नगरपालिका वडा नं ५ बिजयी भएको छ । यस जीतसङ्गै उसले आफ्नो सेमिफाईनल सम्मको यात्रा तय गरिसकेको छ ।
बुधबार भएको दोस्रो क्वाटरफाइनलमा वडा नम्बर ५ ले वडा नम्बर १ ए लाई ६–१ गोल अन्तरले पराजित गर्यो । भोलीको पहिलो खेलमा वडा नं ५ र ८ हुनेछ भने दोस्रो खेलमा २ र ८ बी हुनेछ । वडा नं ५ का तर्फबाट जर्सी नं ७ का रबिन लम्सालले पहिलो हाफको १५ र २६ औ मिनेटमा गोल गरे । यसैगरी ५ कै तर्फबाट बिकाश राईले पनि दुई गोल गरे ।
रोहन घिमिरे र बिधान लिम्बुले समान एक एक गाल गरे । यसैगरी बिपक्षीका तर्फबाट सुरज घिमिरेले गोल गरेपनि उक्त गोल शान्त्वना गोलमात्र हुन् पुग्यो । खेलमा मेरिना धिमाल, राधिका शाक्य र लक्ष्मी श्रेष्ठले रेफ्रीको भुमिका निर्वाह गरेका थिए ।
म्यान अफ द म्याचका जर्सी नं ४ का कप्तान सागर लुङबाले हात पारे ।
खेल प्रतियोगीताको पुस्कारराशि अन्तर्गत पहिलो स्थान हासील गर्नेलाई १ लाख र द्धितिय स्थान लाई ५० हजार नगर सहित मेडल र प्रमाण पत्र वितरण गरिने आयोजकले जनाएको छ । उक्त प्रतियोगिता २८ गतेसम्म चल्नेछ । यस खेल नेपालय इङ्ग्लिस पब्लिक स्कुलमा सञ्चालन भएको हो ।