
एजेन्सी । भारतीय क्रिकेटर हार्दिक पँड्या एक विवादस्पद भनाइका कारण संकटमा फसेका छन् । करण जौहरको च्याट शो कफि वीद करणमा सहभागी भएकाले उनले महिलामाथि प्रहार हुने गरि अभिव्यक्ति दिएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्डले उनीसँग स्पष्टीकरण मागरेको छ ।
कार्यक्रममा एक प्रश्नको जवाफ दिँदै उनले धेरै युवतीसँग रात बिताएको खुलासा गरेका थिए । भने भर्जीनिटी गुमाएको विषयमा पनि आमाबाबुसँग कुरा हुने गरेको र भर्जीनिटी गुमाएपछि घरमा भनेको उनले बताएका थिए । साथै उनले कुनै युवतीलाई हेर्न आफुलाई निकै मन पर्ने बताएका थिए ।
अर्का क्रिकेटर लोकश राहुलसँगै सो कार्यक्रममा सहभागी भएकाले उनले महिलाको भावनामाथि ठेस पुग्ने गरि अभिव्यक्ति दिएको भन्दै सवत्र विरोध भएको छ । आलोचना बढेपछि उनले ट्वीटरमार्फत माफी पनि मागेका छन् ।
उनले शो को नेचरअुसार आफु त्यसमा हराएकोले त्यस्तो कुरा गरेको बताएका छन् । साथै आफ्नो भनाइले कसैमाथि चोट परेको भए माफी दिन भनेका छन् ।
उता भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले हार्दिको भनाई लज्जाशपद भनी टिप्पणी गरेको छ । उसले यो विषयमा स्पष्टीकरण दिन दुबै जना क्रिकेटरलाई २४ घण्टाको समय दिएको छ ।
उनीहरुलेको स्पष्टीकरणपछि यो विषयमा बीसीसीआईले थप एक्शन गर्ने बताइएको छ । बीसीसीआईले कुनै पनि क्रिकेटरलाई यसप्रकारका शो मा जानबाट प्रतिबन्ध लगाउने तयारी गरेकोसमेत बताइएको छ ।
पंड्या भारतीय क्रिकेट टिमका महत्वपूर्ण अलराउण्डर हुने भने आईपीएल टीम मुम्बई इण्डियन्सका लागि पनि महत्वपूर्ण सदस्य हुन् । उनले भारतको प्रतिनिधित्व गरेर टेष्ट, ओडीआई र टी ट्वान्टी खेलिसकेका छनन् ।