२०८१, ७ माघ सोमबार
×

ट्रेन्डिङ

यी हुन् बलिउडमा नचलेका नेपाली नायिकाहरु

8345 Shares

पछिल्लो समय नेपालीहरुको बलिउडमा सक्रियता निकै बढिरहेको छ । प्राविधीक क्षेत्रदेखि अभिनयमा पनि नेपालीहरु बलिउड र टेलिभिजनमा पहुँच पहिलेको तुलनामा निकै बढेको छ । भारतीय टेलिभिजनमा नेपालीहरुको पहुँच बलिउडमा भन्दा अलिक बढि हो की भन्ने लाग्छ ।

टेलिभिजनमा होईन बलिउडको कुरा गरौ । यो फिल्डमा उदित नारायण , आदित्य नारायण , मनिषा कोईराला , मुरलीधर लगायतका केही हस्तीहरु सफल भए तर केही त्यस्ता नेपाली हस्तीहरु छन् जो बलिउडमा पाईला राखे तर सफल हुन सकेनन । आउनुस जानौ ती हस्तीहरुको बारेमा जो बलिउडमा नायिका बने तर सफल हनु सकेनन् ः

करिश्मा मानन्धर :- नेपाली चलचित्र क्षेत्रकी सदाबहार नायिका करिश्माले बलिउड फिल्ममा पनि काम गरेकीछिन् धेरैलाई थाहा नहुन सक्छ । उनले नेपाली चलचित्रमा काम गर्दा गर्दे उनले सन् १९९० मा ‘दंगा फसाद’ नामक फिल्ममा नायिकाको रुपमा काम गरिन् ।

तर उक्त फिल्ममार्फत उनले कुनै अटेन्सन पाउँन सकिनन् । भारतमा अभिनय पनि सिकेर उनी नेपाल फर्किईन । त्यसपछि उनले नेपाली चलचित्र क्षेत्रको आफनो करियरमा कहिल्यै पछाडी फर्केर हेर्नु परेन ।

झरना बज्रचार्य :- पुर्व मिस नेपाल झरना बज्रचार्यको त नेपाली चलचित्र क्षेत्रमा नै करियर राम्रो हुन सकेन । त्यसका बावजुद सुरुवाती दिनमा उनले सन् २००४ मा चर्चित गायक सोनु निगमका साथ ‘लभ ईन नेपाल’ मा काम गरेकी थिईन् ।

उक्त फिल्ममा झरनाले केही बोल्ड दृश्य दिएको कारण पनि उनी निकै आलोचनामा आएकी थिईन् । तर विडम्वना भन्नु पर्छ उनको फिल्म भारतमा त के नेपालमा पनि चल्न सकेन । हाल उनी चलचित्र क्षेत्रबाट टाढा छिन् ।

त्यसबाहेक बलिउडमा सानो रोलमा भएपनि पुर्व मिस नेपाल सेष्टी श्रेष्ठले ज्याकपट फिल्मको रिमेक गीतमा अभिनय गरेकी थिईन भने शिल्पा मास्के लगायतका केही कलाकारहरुले काम गरेका छन् ।

त्यसबाहेक कृ की नायिका अदिती बुढाथोकीले हालै चर्चित नायक एवं निर्माता फरहान अख्तरको वेभ सिरिजमा काम गर्न लागिरहेकीछिन् भने सुरबिना कार्की र जेनिसा केसी लगायतका केही कलाकारहरु बलिउडमा यतिबेला संघर्ष गरिरहेका छन् ।

प्रतिक्रिया