
आशिस तामाङ
काठमाडौं- गोकर्णेश्वर मेयर कप अन्तर्गत आज भएको पहिलो खेलमा गोकर्णेश्वर नगरपालिका वडा नं ८ बी र ३ बी बीच भएकोखेलमा ८ बी बिजयी भएको छ । गोकर्णेश्वर ८ बी ले २ बी लाई १४-० गोलअन्तरले पराजित गरेको छ । उक्त खेल प्रतिश्पर्धाको नवौ खेल हो ।
खेलमा जर्सी नं ९ का दिनेश राईले एक्लैले ८ गोल गरे । उनले खेलको पहिलो हाफमा १०,११,१३,२२ औं मिनेटमा गोल गरे र दोस्रो हाफको ५,११,१३ र १७ औं मिनेटमा गोल गरे । जर्सी नं ९ का दिनेश राईले अहिलेसम्म यस प्रतियोगितामा १७ गोल गरिसकेका छन् ।
यसैगरी जर्सी नं १० का दुर्गालाल श्रेष्ठ र जर्सी नं ७ का किरण थिङले समान दुई-दुई गोल गरे । यसैगरी जर्सी नं ५ का राजन रुम्बा र जर्सी नं १ का किपर सुरज तामाङले पनि १-१ गोल गरे । गोकर्णेश्वर ३ बी का तर्फबाट जसी नं ८ का बिकाश श्रेष्ठले ४९ औ मिनेटमा पहेलों कार्ड खाए । कैयौं प्रहारबाट पनि ३ बीको तर्फबाट १ गोल हुन् सकेन ।उक्त पहिलो मेयर कप खेलमा मेरिना धिमाल, राधिका शाक्य र लक्ष्मी श्रेष्ठले रेफ्रीको भुमिका निर्वाह गरेका थिए ।
सो खेलका म्यान अफ द म्याच जर्सी नं ७ का किरण थिङ्ग तामाङ भए र उनलाई म्यान अफ द म्याचको अवार्ड वडा नं ८ का वडाअध्यक्ष मनोज ढुङ्गानाले प्रदान गरे । भोलीको पहिलो खेलमा वडा नं ५ र ४ बीच हुनेछ भने दोस्रो खेलमा २ र ८ बी बीच प्रतिश्पर्धा हुनेछ ।
खेल प्रतियोगीताको पुस्कारराशि अन्तर्गत पहिलो स्थान हासील गर्नेलाई १ लाख र द्धितिय स्थान लाई ५० हजार नगर सहित मेडल र प्रमाण पत्र वितरण गरिने आयोजकले जनाएको छ । प्रतियोगिता २८ गतेसम्म नेपाल ईंग्लिश पब्लिक स्कुलको खेल मैदानमा संचालन हुनेछ ।