२०८१, ७ माघ सोमबार
×

ट्रेन्डिङ

गर्भाधारणका बिरामीलाई आफ्नै वीर्य, ६० सन्तानका बाबु बने डाक्टर

890 Shares

काठमाडौं । नेदरल्यान्ड्सका एकजना चिकित्सकले गर्भाधारणको समस्या लिएर आउने आफ्ना बिरामीलाई वीर्य परीक्षण गर्ने बाहानामा झुक्काएर आफ्नै वीर्य दिइ ६० सन्तानको बाबु बनेको खुलासा भएको छ ।

सन् १९८० देखि २००९ सम्म नेदरल्यान्ड्सको ‘फर्टिलिटी ट्रिटमेन्ट क्लिनिक’को प्रमुखमा कार्यरत् डा.जन कारवाटमाथि गर्भाधारणको उपचारकाक्रममा हजारौं महिलाहरुलाई आफ्नो वीर्य दिएको भन्ने आरोप लागेको छ ।

डा.कारवाटको ८९ वर्षको उमेरमा गत महिनामात्रै मृत्यु भएको थियो । मृत्युअगाडि उनले आफ्नो डीएनएको नमुना सुरक्षित राख्न चिट्ठी लेखेको बीबीसीले उल्लेख गरेको छ ।

नेदरल्यान्ड्स निवासी ३० वर्षीय जोय हुडम्यानले डा।कारवाटको तस्वीर देखर आफूजस्तै लागेपछि यसबारे अध्ययन गरेका थिए । उनले अस्पतालमा गएर जब डीएनए परीक्षण गराए, तब थाहा भयो, उनी डा।कारवाटका सन्तान् हुन् ।

हुडम्यानले भने–‘जब मैले डाक्टरको फोटो देखें चकित भएँ । अब यो घटना अदालत पुगेको छ । म ढुक्क छु, डाक्टरले कतिजनालाई वीर्य दिएर झुक्काएका छन् भन्ने कुरा बाहिर आउनेछ ।’

उक्त क्लिनिकले अहिलेसम्म १८ जनाको डीएनए डा।कारवाटको डीएनएसँग मिलिसकेको र अरु केहीले यस घटनामा निवदेन दिएको उल्लेख गरेको छ ।

डा।कारवाटको डीएनए मिलेको र निवदेन दिनेहरुको बाबुआमा आफ्नो गर्भधारण समस्याको उपचार गर्न क्लिनिकमा आएर डा।कारवाटसँग भेटेको बताइएको छ ।

त्यस्तै, सन् १९७० मा जुरिड अस्पतालमासमेत काम गरिसकेका डा।कारवाटले त्यहाँपनि त्यस्तै कार्य गरेको हुनसक्ने भन्दै गत आइतबार अस्पतालले घटनाको पुष्टि गर्दै छानबिन गर्न अनुसन्धान अगाडि बढाएको उल्लेख गरेको छ ।

लिडन विश्वविद्यालयमा मेडिकल अध्ययन गरेका डा।कारवातले सन् १९७३ मा बिड्राप डोनेसन क्लिनिकबाट पहिलोपटक वीर्यदान गरेका थिए ।

द न्युयोर्क टाइम्सकाअनुसार ३६ वर्षीया मोनिएक वास्सेनारले सन्चारमाध्यमलाई डा।कारवाटले मर्नुअघि दाताको वीर्य भन्दै आफ्नै वीर्य धेरै महिलाहरुलाई गर्भाधारण गर्न झुक्काएर दिएको कबुल गरेको बताएकी छन् ।

उनले डा।कारवातलाई सन् २०११ मा भेटेको र आफ्नो हात देखाउन आग्रह गर्दै आफ्नै सन्तानमध्ये एक भएको बताएको उल्लेख गरेकी छन् ।

उनकाअनुसार सन् ७० को दशकमा डा।कारवातले वीर्यदान गर्न आएका मानिसहरुको वीर्यको सट्टा आफ्नै वीर्य दिएर गर्भाधारण गर्न लगाएका थिए ।

यस्तो कार्य गर्नुमा वीर्य लिन आउने महिलाहरुले पढे–लेखेको मानिसले दान गरेको वीर्यमात्रै स्वीकार गर्ने शर्त राख्न थालेपछि आफ्नै वीर्य दिनुपरेको डा। कारवातले बताएका थिए ।

वास्सेनारकाअनुसार डा।कारवातको वीर्यबाट कम्तीमा पनि ६०सन्तानले जन्म लिएका छन् ।

सन् २००९ मा नेदरल्यान्ड्सको स्वास्थ्य मन्त्रालयले वीर्यदान गर्ने मानिस नभएको बताउँदै उक्त क्लिनिक बन्द गरेको थियो ।

अहिले यो घटना नेदरल्यान्ड्सको अदालतमा विचराधीन रहेको छ । आगामी २ जुनमा अन्तिम फैसला लिने अदालतले उल्लेख गरेको छ । (एजेन्सी)

प्रतिक्रिया