२०८१, ६ चैत्र बिहीबार
×

ट्रेन्डिङ

ओलीलाई कमजोर बनाउँन प्रचण्ड र माधव नेपालबीच गठबन्धन

2070 Shares

पुष २५ – आगामी एकता महाधिवेशन लक्षित गरेर नेकपा पार्टीभित्र गुटबन्दी सुरु भईसकेको छ ।  महाधिवेशनका लागि नेकपाभित्र शक्ति सञ्चयको तयारी सुरु भैसकेको छ । एकता महाधिवेशनमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई कमजोर पार्न प्रचण्डले बरिष्ठ नेता माधवकुमार नेपालसँग नयाँ गठबन्धन बनाउने गृहकार्य सुरु गरिसकेका छन् । ओली सरकारले कामकारवाही प्रति प्रचण्डले पनि बेला बेलामा असन्तुष्टी जाहेर गर्दे आएका छन् भने उनीहरुबीच मनमुटाव बढेको पनि चर्चा छ ।

साथै ओलीले पार्टीको निर्देशनबिपरित काम गरेकोप्रति प्रचण्ड रुष्ट छन् । आगामी एकता महाधिवेशन लक्षित गरेर यी दुई नेताबीच गठबन्धन बन्न लागेको हो । महाधिवेशनपछि नेपाललाई अध्यक्ष बनाउन प्रचण्डपनि राजी छन् । नेपाललाई अध्यक्ष र प्रचण्डलाई प्रधानमन्त्री बनाउनेगरि दुवै पक्षका दोस्रो तहका नेताहरुले होमवर्क गरिरहेका छन् ।

प्रचण्डको तर्फबाट दुई नेताहरुबीच गठबन्धन गर्न जनार्दन शर्मा र मणि थापालगायतका नेताहरुले गृहकार्य गरिरहेका छन् । उता नेता नेपालको पक्षबाट नेताहरु योगेश भट्टराई र घनश्याम भुषालले काम गरिरहेका छन् । पछिल्लो समय सरकारले पार्टी चलाउँन खोजेको आरोप लागिरहेको बेला प्रचण्ड र नेपालबीचको गठबन्धनलाई रहस्मय तरिकाले हेरिएको छ ।

प्रतिक्रिया