२०८१, ४ माघ शुक्रबार
×

ट्रेन्डिङ

सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

1151 Shares

काठमाडौं। सभामुख कृष्णबहादुर महराले संसदमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिन सरकार र मन्त्रीहरुलाई रुलिङ गरेका छन्।
बुधबारको बैठकको सुरुमा नै प्रमुख विपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभा नियमावलिको नियम २ सय १९ को उपनियम २ बमोजिम प्रधानमन्त्री तथा मन्त्रीहरुसंग प्रश्न गर्न पाउनुपर्ने व्यवस्थाको अधिकार सुरक्षित गर्न सभामुखको ध्यानाकर्षण गराएपछि सभामुखले सरकारलाई रुलिङ गरेका हुन्।

नेपाली कांग्रेसका प्रमुख प्रमुख सचेत बालकृष्ण खाँडले प्रमुख सचेतक बालकृष्ण खाँडले सरकार सदनप्रति उत्तरदायी हुनुपर्ने भन्दै पुस २२ गते प्रतिनिधिसभा नियमावली २ सय १९ को व्यवस्था अनुसार प्रधानमन्त्रीको सार्वजनिक महत्वको वक्तव्यमा २ सय १९ को २ को व्यवस्था अनुसार सांसहरुलाई प्रश्न सोध्न दिनुपर्नेमा त्यसो नभएको र अवरोधकाबीच सदनको कारवाही बढाइएको भन्दै नियमावलीमा भएको व्यवस्था अनुसार सांसदको अधिकारको रक्षा गर्न सभामुखको ध्यानाकर्षण गराएका थिए।

शुक्रबारको बैठकमा आफूहरुलाई प्रश्न सोध्न नदिएर व्यवस्थापकीय पक्षमा सभामुखको पनि कमिकमजोरी देखिएको भन्दै सदन अवरोध गर्दा गर्दै सदनको कारवाही अगाडि बढाउनु शोभनीय र परम्परा नभएकाले आगामी दिनमा त्यसो नगर्न उनले आग्रह गरे। साथै सांसदले प्रश्न सोध्ने र उनीहरुको जवापफ मन्त्रीहरुले दिने कुराको सुनिश्चित नभएसम्म बैठक संचालन हुन नसक्ने बताएपछि सभामुखले  सरकारलाई रुलिङ गरेका हुन्।

त्यसपछि सभामुख महराले सदनमा उठेको सवालमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको भन्दै सांसदहरुले बैठकमा राखेको प्रश्नको जवाफ दिन मन्त्रीहरुलाई निर्देशन दिएका हुन्। ‘प्रतिनिधिसभा नियमावलीको २ सय १९ बमोजिम मन्त्रीहरुले सार्वजनिक महत्वको वक्तव्य दिइसकेपछि सदस्यहरुले प्रश्न गर्न पाउने व्यवस्था रहेको र उक्त व्यवस्था यथावतै रहेको  समेत सदस्यहरुलाई आश्वस्थ गराउँछु,’ सभामुखले भने, ‘नेपाल सरकारले सार्वजनिक महत्वको वक्तव्य दिँदा नियमावलीको व्यवस्था बमोजिम सदस्यहरुले राख्नुभएको प्रश्नको जवाफ दिन नेपाल सरकारलाई निर्देशन गर्दछु।’

प्रतिनिधिसभाको गत शुक्रबारको बैठकमा प्रधानमन्त्रीको वक्तव्यपछि प्रश्नउत्तरको समय उपलब्ध नगराइएको भन्दै कांग्रेसका सांसदहरुले उठेर विरोध गरेका थिए। उनीहरुको विरोधका बाबजुद सभामुखले कार्यसूचीमा भएका कामकारवाही अघि बढाएपछि कांग्रेस सांसद थप असन्तुष्ट बनेका थिए।

प्रतिक्रिया