भारतका चर्चित प्रधानमन्त्री नरेन्द्र मोदीको बायोपिकको चर्चा यतिबेला बलिउडमा चुलिएको छ । पछिल्लो समय बलिउडमा बायोपिक बन्ने क्रम बढेसंगै मोदीको पनि बायोपिक फिल्म बन्ने भएको हो । फिल्ममा नायक विवेक ओवराय मोदीको भुमिकामा देखिँदैछन् । हालै फिल्मको फस्टलुक पनि जारी भएको छ । जहाँ विवेक मोदीको स्वरुपमा देखिएका छन् ।झट्टै हेर्दा उनी विवेक नै हुन भनेर ठम्याउँनै कठिन पर्छ ।

जसलाई दर्शकहरुले बलिउडमा रुचाईरहेका छन् । फिल्ममा मोदीको बाल्यकालकारदेखि राजनितीक करियरलाई देखाईनेछ । मोदी भन्ने बित्तिकै उनको बिवाहको कुरा आउँछ जुन कुरालाई पनि फिल्ममा देखाईनेछ ।मोदीको बैवाहिक जीवन सधै बिवादित नै बन्दै आईरहेको छ यस्तोमा यो फिल्मले यसलाई पनि क्लियर गर्ने अनुमान छ । फिल्म २०० करोडमा निर्माण हुँदैछ । फिल्मलाई बक्सिङ खेलाडी मेरी कोमको बायोपिक बनाएर सफल पनि भएका निर्देशक उमंग कुमारले निर्देशन गर्देछन् ।

उमंग र विवेकले भने केही समय अगाडीदेखि एक रियालिटी शोमा एकसाथ काम गर्दे आईरहेका छन् । मोदीको बायोपिक प्रति राजनेताहरुले पनि प्रतिक्रिया दिईरहेका छन् । जसमा कलाकार एवं बीजेपी सांसद परेश रावल पनि रहेका छन् । उनले भने फिल्मको आलोचना गरेका छन् । फिल्मको पोस्टर मात्र २३ भाषामा अनवरण गरिएको छ । पछिल्लो समय फिल्मी करियरमा खासै चर्चामा नरहेका विवेकलाई पिएम नरेन्द्र मोदी बाट ठुलो राहत पुग्ने अनुमान गरिएको छ ।
