२०८१, ५ चैत्र बुधबार
×

ट्रेन्डिङ

किटानी जाहेरीपछि पनि किन प्रक्राउ परेनन् बमजन ?

1154 Shares

पुष २५-  लिटिल बुद्धको रुपमा चर्चा र बिवादमा आएका तपस्वी रामबहादुर बमजनलाई बलात्कारको आरोपपछि पाँच जना अनुयायीहरु बेपत्ता पारेको आरोप झेलिरहेका छन् । उनकै आश्रृममा ४ बर्ष अनुयायी बनेर बसेकी गंगामाया तामाङले बमजनबिरुद्ध बलात्कारको आरोप लगाएसंगै उनबिरुद्ध एकपछि अर्को गर्दे उजुरीहरु आएका छन् । अनुयायीको हत्याको आरोप नै लागेका बमजनको प्रकरणमा यतिबेला प्रहरीले सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेका छन् ।

बमजनको बाँडेगाउँस्थित टोड्केभीरको आश्रमबाट बेपत्ता भएका अनुयायी सञ्चलाल वाइवा, शुरेस आले र दुई आनीहरु (चुन्मो र डोल्मो) को अस्थिपञ्जर नै खाल्डोबाट उत्खनन् गरि जलाईएको आशंका गरिएको छ । जहाँ प्रहरीले  लाश गाडिएको भनिएको स्थानमा नुनका प्याकेटहरु फेला पनि पारेका थिए । बमजनको प्रकरणको अनुसन्धानको जिम्मा यतिबेलासिन्धुली प्रहरीको काँधमा आएको छ । बमजन भने सिन्धुलीस्थित कमलामाई नगरपालिका ८ को पैरेमा रहेको आश्रममा रहेको प्रशासन र प्रहरीले पुष्टि गरेका छन् ।

घटनाको अनुसन्धान भईरहेको बेला प्रहरीले बमजनलाई भने प्रक्राउ गरी अनुसन्धान गर्न सकेको छैन । बमजन बिरुद्ध किटानी जाहेरी दिएतापनि उनलाई प्रकाउ नगरिएको बिषयामा भने चौतर्फी आलोचना भईरहेको छ । प्रहरीले अनुसन्धान गरिरहेको भएतापनि माथिको आदेश नआएकोले बमजनलाई प्रक्राउ गर्न नसकिएको सिन्धुली प्रहरीका प्रमुख एसपी रामेश्वरप्रसाद यादव बताउँछन् । प्रहरीको विशेष टोलीले अनुसन्धान गरिरहेको बाँडेगाउँ आश्रममा अश्वभाविक घटना भएको पाइएको प्रहरीको भनाई छ ।

प्रतिक्रिया