२०८१, ५ चैत्र बुधबार
×

ट्रेन्डिङ

जापानबाट फर्किदा रवि ओडको मुहारमा फर्कियो खुसी (भिडियो)

1284 Shares

काठमाडौँ। पहिलो साङ्गीतिक प्रस्तुतिको लागि जापान पुगेको नेपाल आइडल सिजन २ का टप ५ प्रतियोगीहरू नेपाल फर्केका छन्। पहिलो अन्तर्राष्ट्रिय साङ्गीतिक यात्रामा नेपाल आइडलका टप ५ प्रतिस्पर्धी रवि ओड, विक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठक र अमित बराल जापान पुगेका हुन् । जापानमा रहँदा उनीहरूले फुकोवो, नागोया र टोकियोमा आयोजित साङ्गीतिक कार्यक्रमहरूमा आफ्नो प्रस्तुति दिए।

जापानबाट फर्केपछि मिडियासँग कुरा गर्दै नेपाल आइडल रवि ओडले आफूले जापान भ्रमणबाट धेरै नयाँ कुरा सिक्न पाएको बताए।

‘जापानमा बस्ने नेपालीहरूले हामीलाई राम्रो स्वागत सत्कार दिनुभयो। स्टेजमा पनि सबैले हामीलाई हौसला दिने काम गर्नु भयो,’ उनले भने। हेर्नुस् सूत्र इन्टरटेनमेन्टको यो भिडियो।

प्रतिक्रिया