२०८१, १३ जेष्ठ आईतवार
×

ट्रेन्डिङ

सेनाका सिपाहीद्वारा श्रीमतीको विभत्स हत्या

2584 Shares

पुष २५ – बर्दियामा एक महिलाको विभत्स हत्या भएको छ । गुलरिया नगरपालिका वडानम्वर —५ कृष्णसार टोल स्थित आफ्नै घरमा २४ बर्षकी सुष्मा कुँवरको गए राति विभत्स हत्या भएको हो । उनीमाथि धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ । हत्याको आरोपमा उनकै ३५ बर्षीय मोहन बोहोरालाई प्रहरीले प्रक्राउ गरेको छ । स्थानियले बताए अनुसार श्रीमानले सुष्मालाई निकै यातना दिने गरेको बताएका छन् ।

बोहोरा नेपाली सेनाको जजरगंज गण बुटवलमा सिपाही पदमा कार्यरत भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।सोमबार साझँ करिब साढे ९ बजे तिर मात्र घर पुगेका थिए । राती ११ बजे तिर घरमा झगडा भएको आवाज चिच्याएको आवाज आएपछि छिमेकी आफु जान डराएर प्रहरीलाई खबर गरेका थिए । प्रहरीको गाडी देखेपछि अभियुक्त प्रहरीलाई छलेर भागे थिए ।

पछि उनलाई करिब ४ घण्टापछि प्रक्राउ गरिएको थियो । स्थानीयको बिरोधपछि नै मृतकका सासुरा टिकाराम बोहोरा र सासु दिज्जु बोहोरालाई समेत पक्राउ गरेको छ । प्रहरीका अनुसार श्रीमानले हत्याको आरोप स्वीकार गरिसकेका छन् । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया