२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

अष्ट्रेलियामा सन्दिपलाई पर्‍यो आपत !

966 Shares
Spread the love

पुष ५- कम समयमा नाम र दाम दुबै कमाउँन सफल हुन नेपाली क्रिकेटर सन्दिप लामिछाने । राष्ट्रिय तथा अन्तराष्ट्रिय म्याचहरु खेल्दै अन्तराष्ट्रिय खेल जगतमा पनि आफनो उत्कृष्ट खेल क्षमता देखाउँदै आएका सन्दिप बेला बेलामा बिवादमा पनि आउँने गर्छन् । यसअघि पोखरा प्रिमियर लिगको दौरान पुलिसले धकेल्दा भएको बिवादपछि सन्दिप पुन अर्काे बिवादमा आएका छन् ।

यतिबेला सन्दिप अष्ट्रेलियाको घरेलु क्रिकेट प्रतियोगिता बिग ब्यास खेल्नका लागि उतै छन् । मेलबर्नमा रहेका नेपाली स्पीनर सन्दिपको सम्मानमा नेपाल फेस्टिभल परेडको आयोजना गरेको थियो । त्यस परेडमा सहभागि हुँदा सन्दिपले घमण्ड देखाएको आरोप लागेको छ ।

नोर्गेन नोर्वु नाम गरेका ब्यक्तिले स्टाटस लेख्दै फोटो खिच्न आकाकानी गरेको ,घमण्डी व्यवहार देखाएको र परेडमा सहभागि हुनका लागिसमेत आफ्ना म्यानेजर रमण सिवाकोटीमार्फत रकम मागेको जस्ता आरोप लगाएका छन् । उनले सन्दिपले आफनो धरातल नै बिर्सिएको आरोप लगाएका छन् । उता सन्दिपले भने सबै आरोपको खण्डन गरेका छन् ।

उनले सानोर्गेन नोर्वु ले लेखेको स्टाटस सेयर गरेर खण्डन गर्दे उसले लेखेको कुरा गलत भएको बताएका छन् । उनी ट्वीट गर्दे लेख्छन् ‘यो सरासर गलत हो । यो कथाको एउटा लाइन पनि सत्य छैन । आखिर कहिलेसम्म ?,’ कुनै गलत नगरेको ब्यक्तिलाई सत्यता नबुझी तल झार्न नहुने भन्दै उनले आफुमाथि लगाएको आरोपको खण्डन गरेका छन् । नोर्गेन नोर्वु भने नेप्लिज एसोसियसन अफ भिक्टोरियाका पूर्व सचिव, पिपलबोटका रिपोर्टर र फोटोग्राफरका रुपमा काम गर्ने गरेको बताईन्छ ।

प्रतिक्रिया