२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

दुर्घटनामा एक जनाको मृत्यु, २५ घाइते

1245 Shares
Spread the love

कावासोती । पूर्व पश्चिमराजमार्गअन्तर्गत नवलपरासीको मध्यबिन्दु नगरपालिका–१५ मा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

नारायणगढबाट दाङका लागि छुटेको ना६ख ९६७६ नंको बसले बा १८ प ५१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल पछाडि सवार मध्यबिन्दु–११ का २८ वर्षीय चन्द्रकुमारी सोमै मगरको मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका उनको उपचारका क्रममा मध्यबिन्दु अस्पताल डण्डामा मृत्यु भएको प्रहरी उपरीक्षक रमेश थापाले जानकारी दिए।

मोटरसाइकललाई ठक्कर दिँदा बस अनियन्त्रित भई पल्टेर बसमा सवार २५ जना घाइते भएका छन् । मोटरसाइकल चालक सामान्य घाइते छन् ।

प्रतिक्रिया