२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

राजधानीमा ७७ जना पाकेटमार प्रक्राउ , यस्ता कोडभाषा प्रयोग गर्थे

2426 Shares
Spread the love

पुष ४-  राजधानीमा पाकेटमार तथा चोरीमा संलग्न ७७ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकुले गत मंसिर १५ गतेबाट यातायात व्यवसायीहरुसँगको समन्वयमा गरेको अपरेशनका क्रममा यति धेरै पकेटमार पक्राउ परेका हुन् ।

काठमाडौँमा सञ्चालित सार्वजानिक सवारी साधनमा पाकेटमारी तथा चोरीका घटना बढेको गुनासो आएपछि प्रहरीले अप्रेशन थालेको हो ।

यो अपरेशनका लागि ५० जना सादा पोशाकका प्रहरीलाई सार्वजनिक यातायातमा यात्रुकारुपमा परिचालित गरिएको परिसरका प्रमुम एसएसपी वसन्त लामाले जानकारी दिए । प्रहरोको यो अपरेशनका क्रममा बस र माइक्रोबसका यात्रुको पकेट र झोलामा रहेका नगद, मोबाइल, गरगहना चोर्दा चोर्दै रङ्गे हात ७७ जना पाकेटमारहरु पक्राउ परेका परिसरकार प्रवक्ता डिएपी होबिन्द्र बोगटीले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार पाकेटमारहरुले २र२ जनाको दरले ६ जनासम्मको समूह बनाइ बस र माइक्रोबस भित्र छिरेर पैसा भएका यात्रुको पहिचान गरी चोर्ने गरेका थिए । चोरीको क्रममा उनीहरुले कोडभाषा प्रयोग गर्ने गरेको खुलेको छ । प्रहरीका अनुसार उनीहरुले पैसालाई ‘द’ कोडभाषा प्रयोग गर्थे भने मोबाइललाई ‘कान’ भन्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। त्यसैगरी जसको पकेट रित्याइन्छ उसलाई  ‘रामे’ भन्ने गरेका थिए ।

त्यसैगरी ‘मास्टर’ र ‘काशी’  ‘टानको द’ र  पैसा थोरै छ भन्नुपर्दा ‘जुटको ‘ केटालाई कोडभाषामा ‘छापा’ केटीलाई ‘भद्री’ र पुलिस आयोलाई उनीहरुले ‘ठूल्दाइ’ आयो ड्राभइरलाई ‘माम’ भन्ने उनीहरुले खलासीलाई ‘मले’ गाडीबाटट झरेर भागलाई  ‘टप्की’, गाडीभित्र अगाडि सरलाई ‘अकल जाई’ र गाडीभित्र पछाडि सरलाई कोडभाषामा ‘चिछल जा’  भन्ने गरेको प्रहरी अनुसन्धानबाट पत्ता लगेको छ ।

प्रतिक्रिया