२०८२, १७ पुष बिहीबार
×

ट्रेन्डिङ

व्रिटिस सेनामाथिको विजय उत्सव मनाइने

0 Shares
Spread the love

काठमाडौं । पर्साको ऐतिहासिक पर्सागढीमा नेपाली सेनाले ब्रिटिस सेनामाथि विजय हासिल गरेको सम्झनामा २११औँ विजय उत्सव मनाइने भएको छ ।

पर्सागढी नगरपालिका, पर्सागढी मन्दिर व्यवस्थापन समिति तथा नेपाली सेनाको श्रीजंग गण, वीरगञ्जको आयोजनामा विजय उत्सव मनाउन लागिएको हो ।

विजय उत्सव पुस १९ गते मनाइनेछ । स्थानीयको सहयोगमा नेपाली सेनाले रातको समयमा राँको बाल्दै ब्रिटिस सेनामाथि विजय हासिल गरेको ऐतिहासिक घटनाको स्मरणस्वरूप प्रत्येक वर्ष यो उत्सव मनाइँदै आएको छ ।

विजय उत्सवका अवसरमा पर्सागढी नगरपालिकाभित्र रहेका १४ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरू झाँकीसहित कार्यक्रममा सहभागी हुनेछन् ।

उत्सवका क्रममा खुकुरी नाच, नेपाली सेनाको ब्याण्ड बाजा, स्थानीय थारू समुदायको सांस्कृतिक नृत्य प्रस्तुत गरिनेछ भने ऐतिहासिक र्याली पनि निकालिने छ ।

प्रतिक्रिया