2492
Shares
पुष ४ – आदिवासी जनजाति समुदायले आज माइतीघरमा प्रदर्शन गरेका छन् । आफूहरुले चाडपर्वमा पाउँदै आएको विदा दिन माग गर्दै बुधबार प्रदर्शन गरेका हुन् । नेपाल आदिवासी जनजाति महासंघको आह्वानमा विभिन्न आदिवासी जनजाति समुदायले आफ्नो चाडपर्वमा राष्ट्रिय विदा दिन माग गर्दै प्रदर्शन गरेका हुन् ।
तमु ल्होसार, ग्याल्बो ल्होसार, सोनाम ल्होसार, उधौली, उभौली, माघी, माघे संक्रान्तिलगायतमा सार्वजनिक बिदा दिन माग गर्दै उनीहरुले प्रदर्शन गरेका हुन् । सरकारले सार्वजनिक विदा कटौती गर्ने क्रममा आफ्नो समुदायको मुख्य चाडपर्वमा विदा नदिएको भन्दै आदिवासी जनजाति महासंघले आन्दोलन घोषणा गरेको थियो ।