1735
Shares
युएई । युएईमा रहेको नेपाली राजदूतावास आगाममी जनवरी १ तारिख अर्थात पुस १७ गतेदेखि अबुधाबीको बसपार्क नजिकैको नयाँ ठाउँमा सर्ने भएको छ।
हाल दूतावास रहेको घरसँगको पाँचवर्षे सम्झौता यहि डिसेम्बर अन्तिमदेखि सकिने भएको हुनाले दूतावास नयाँ ठाउँमा सर्न लागेको दूतावासले जानकारी गराएको छ। दुई राष्ट्रका परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिएर नयाँ भवनका लागि मंगलबार सम्झौता भएको हो।
अहिले सर्न लागेको साढे तीन तल्लाको नयाँ भवनमा १८ वटा कोठा सहित झन्डै ४ सय जना एकै पटक अटाउन मिल्ने ठूलो कम्पाउण्ड छ। जसको घरभाडा वार्षिक ४ लाख दिर्हाम अर्थात सवा एक करोड रुपैयाँ रहेको दूतावासले जनाएको छ।
दूतावासको नयाँ भवन आबुधाबीमा रहेको बसपार्कबाट नजिक पर्ने भएकोले सबैको लागि सहज हुने भएको छ। नयाँ भवनमा सरेपछि पैसा र समयको बचत हुने दूतावासले जनाएको छ।