२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

ज्यानै लिने सडक दूर्घटना गरेर भाग्ने नेपाली पक्राउ

1621 Shares
Spread the love

एक २० वर्षे युवकको ज्यान जाने गरि भएको सडक दुर्घटनामा संलग्न भएको आरोपमा एक नेपाली पक्राउ परेका छन्। अमेरिकाको बाल्टिमोर काउन्टी प्रहरीले ३६ वर्षिय मानबहादूर गुरूंगलाई गत डिसेम्बर ८ मा भएको सडक दुर्घटनाको आरोपीका रूपमा पक्राउ गरेको बाल्टिमोरका संचार माध्यमहरूले जनाएका छन्। गुरूंगको पहिचान खोल्दै प्रहरीले डिसेम्बर ८ मा उनको गाडिको ठक्कर दिएको घटनामा टोसन विश्वविद्यालयका विद्यार्थी २० वर्षिय मिजिमाजि ईन्कुबेको मृत्य भएको  थियो।

प्रहरीले घटनामा संलग्नका रूपमा प्रमाणहरूले गुरूंगलाई दोषी देखाएको भन्दै पक्राउ गरेको जनाएको छ। अनुसन्धान अधिकृतहरूले उक्त घटना गराउने खैरो रंगको सन् २०१७ मोडलको टोयोटा ट्रन्डा गाडी र गुरूंगको सम्बन्धको प्रमाण भेटेपछी यसखालको पक्राउ गरेको प्ररीलाई उल्लेख गर्दै समाचार माध्यमहरूले जनाएका छन्। प्रहरीले स्थानियहरूको सहयोगमा आरोपी सम्म पुगेको भन्दै दुर्घटनाको अरू पक्ष र कारणहरूबारे थप अध्ययन जारी रहेको जनाएको छ।

प्रहरीहरूले घटनाको कारण तिब्र गति, मादक पदार्थ सेवन वा अरू केही थियो भन्ने अध्ययन गरिरेहका छन्। बाल्टिमोर काउन्टी प्रहरीका अनुसार डिसेबर ८ शनिबार नर्थ चार्ल्स स्ट्रिटमा बाटो काटिरहेका ईन्कुबेलाई टोयोटा ट्रन्डाको ड्राईभर पट्टिको भागले ठक्कर दिएर फरार भएको थियो।

गुरूंगलाई घटनास्थलबाट भागेको सहित चार आरोप लगाईएको छ भने उनको धरौटीमा अस्वीकार गरिएको छ।

यहाँ छ घटनाको भिडियो रिपोर्ट

प्रतिक्रिया