2632
Shares
पुष ४- दैलेखको नारायणनगरपालिका–१ स्थित सनराइज बोर्डिङ स्कुलको पानी ट्यांकीमा एक विद्यार्थी मृत फेला परेका छन् ।६ वर्षीय हिक्मत शाही विद्यालयको तल्लो तलामा रहेको पानी ट्यांकीमा बुधबार बिहान मृत भेटिएको जिल्ला प्रहरी कार्यालय, दैलेखले पुष्टि गरेको छ ।
यूकेजीमा अध्ययनरत शाही मंगलबार दिउँसो १ बजेबाट हराएका थिए । लगत्तै विद्यालय तथा प्रहरीले उनको खोजी थालेका थिए । तर, उनी मंगलबार बिहानै मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।मृत बालक आफैं ट्यांकीमा परेका हुन् या यसमा कसैको संलग्नता छ भन्ने खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान थालेको जनाएको छ ।