२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

मेनुका पौडेलको गीतमा यी कलाकारले लिए पत्याउँनै नसक्ने पारिश्रृमिक

1312 Shares
Spread the love

नेपाल आईडलको पहिलो संस्करण र भारतीय रियालिटी शो सारेगामापा मा आफनो गायनको जादु देखाईसकेकी गायिका मेनुका पौडेलको चर्चा यतिबेला निकै छ । भारतीय च्यानलमा उनले प्रतिष्पर्धाको दौरान जति गीत गाईन त्यसको चौतर्फी चर्चा भयो ।

“नेपाल आईडल” र “सारेगामापा” दुबैमा टप ११ बाटै बाहिरिएकी मेनुकाले अबको सांगेतिक करियर अगाडी बढाउँन मुम्बईमा गएर नै संगित सिक्ने तयारीमा छिन् ।आगामी बर्ष पनि सारेगामापा मा जाने सोच बनाएकी मेनुकाको हालै नयाँ गीतको भिडियो सुटिङ गरिएको छ । ‘रङ भित्रको उजाड’ बोलको गीतमा मेनुकाको सुमधुर आवाज रहेको छ भने पत्रकार दीपेन्द्र घिमिरेको शब्द र एस डी योगीको संगित रहेको छ ।

चर्चित निर्देशक सान थापाले निर्देशन गरेको यस भिडियोमा चर्चित नायिका एवं एक्सप्रेशन क्विन नीता ढुंगाना र निराजन प्रधानले अभिनय गरेका छन् । यी दुबै कलाकारले भिडियोमा काम गरे बापत मात्र ५१ रुपैयाँ पारिश्रृमिक लिएका छन् ।कलाकारले मात्र होई सुटिङमा खटिएका सबैले ५१ रुपैयाँ लिएर काम गरेको निर्देशक सानले बताए ।

नीता भन्छिन्” हामीले यसै ५१ रुपैयाँ लिएर काम गरेका होईन । यसमा धेरै कुराहरु छन् । गीत असाध्यै राम्रो छ । सोही कारणले पनि हामी सबैले ५१ रुपैयाँ लिएर काम गरेका हौँ” ।

प्रतिक्रिया