पुस ४ -अर्जेन्टिका चर्चित खेलाडी लियोनल मेसीले फेरी पनि गोल्डेन बुट अवार्ड जितेका छन् । लिभरपुलका मोहमद सलाहलाई पछि पार्दै मेसीले पाँचौ पटक गोल्डेन बुट जित्दै विश्व कीर्तिमान बनाएका हुन्। ३१ बर्षीय मेसी एक्लो खेलाडी बनेका मेसीले सन् २०१७-१८ को सिजनमा युरोपका मुख्य लिगमा सर्वाधिक गोलकर्ता बनेका हुन्।
मेसी र रोनाल्डोबीच को उत्कृष्ट खेलाडी भन्नेमा धेरै चर्चा र होडबाजीहरु हुँदै आएका छन् । तर गोल्डेन बुटको सवालमा भने उनले रोनाल्डोर्ला पछि पारेका छन् । रोनाल्डोले अहिलेसम्म चार पटक गोल्डेन बुट जितिसकेका छन्।
पछिल्लो पटक सन् २०१५-१६ को सिजनमा गोल्डेन बुट जितेका रोनाल्डोले त्यस यता अवार्ड जित्न सकेका छैनन्। मेसीलाई मंगलबार यस अवार्ड प्रदान गरिएको छ । उनकै उत्कृष्ट प्रदर्शनमा गत सिजन बार्सिलोनाले स्पेनिस लालिगा उपाधि जितेको थियो ।


मेसीले जितेका अवार्डहरू
सन् २००९/१०- ३४ गोल
सन् २०११/१२- ५० गोल
सन् २०१२/१३- ४६ गोल
सन् २०१६/१७- ३७ गोल
२०१७/१८-३४ गोल