२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

पूर्वप्रधानमन्त्री डा गिरीको आज अन्त्येष्टि गरिँदै , सलामी नदिइने

963 Shares
Spread the love

४ पुस, काठमाडौं ।

पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको आज अन्त्यष्टि गरिने भएको छ ।

मंगलबार निधन भएका पूर्वप्रधानमन्त्री डा.गिरीको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा ३ बजे अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । त्यसअघि दुई बजेसम्म उनको शव बूढानीलकण्ठस्थित निवासमै राखिने छ ।

पूर्वप्रधानमन्त्री भए पनि उनलाई सलामी दिइने छैन । निधनअघि उनले सलामी नदिन र सर्वसाधारणको जस्तै गरी अन्त्येष्टि गर्न भनेका थिए ।गिरीले आफ्नो दाहसंस्कार पशुपतिको विद्युतीय शवदाह गृहमा गर्न भनेका थिए । उनकै आग्रहअनुसार शवदाह गृहमा अन्त्यष्टि गर्न लागिएको हो ।

गिरीको मंगलबार बिहान ९३ वर्षको उमेरमा बूढानीलकण्ठस्थित निवासमा निधन भएको थियो ।

प्रतिक्रिया