२०८३, १३ आश्विन मंगलवार
×

ट्रेन्डिङ

मेरो कुनै पनि राजनैतिक पदमा नियुक्त भएको छैन : एनआरएनए युके उपाध्यक्ष आले

1419 Shares
Spread the love

काठमाडौ -एनआरएनए युकेका उपाध्यक्ष डा. प्रेम आलेले आफू गृहमन्त्री राम बहादुर थापा बादलको प्रमुख स्वकिय सचिवमा नियुक्त नभएको स्पष्ट पार्नुभएको छ । माननीय गृहमन्त्रीको प्रमुख स्वकीय सचिव प्रतिक थापा नै भएको बताउँदै हल्लाको पछि नलाग्न आग्रह गर्नुभएको छ । सुरक्षा बिषयमा पिएचडी गर्नुभएको डा आले गृहमन्त्रीको प्रमुख स्वकीय सचिवमा नियुक्त भएको भन्ने समाचारको खण्डन गर्नुभएको हो ।

उहाँले भन्नुभएको छ, म कुनै राजनैतिक पदमा नियक्त भएको छैन । माननीय गृहमन्त्रीको लागि जुन काम गरे पनि मैले नियुक्त नलिइकन, सरकारी सेवा सुबिधा नलिई, अवैतनिक रुपलेबिसुद्ध स्वंसेविको रुपमा गर्दैछु, गर्नेछु । ब्रिटिश सेनामा ३० वर्ष काम गर्नुभएको डा. आले पछिल्लो समयमा सुरक्षा बिज्ञको रुपमा काम गर्दै आउनुभएको छ । आफूले वैधानीक रुपले नियुक्त नलिएपनि गृहमन्त्री थापाको काममा भने सधै सहयोगी र स्वंयमसेवीकाको रुपमा काम गर्ने स्पष्ट पार्नुभएको छ ।
हेर्नेहोस डा. आलेको बिज्ञप्ति जस्ताको तस्तै

असत्य समाचारप्रति आपत्ति तथा खेद प्रकट

आज अनलाइन न्युजमा आएको खबरले म आश्चर्य चकित छु । कसरी एउटा पत्रिकाले लेखेको असत्य कुरा एक पछि अर्को पत्रिकाले लेख्दै, अनुमानको भरमा अलिकति थपथाप गर्दै सबै जनतालाइ भ्रम छर्न ‘सफल’ हुन्छ भन्ने कुराको यो एउटा उदाहरण हो ।

त्यसैले निम्न सत्य(तथ्य कुरा सबैको जानकारीको लागि प्रस्ट गर्न चाहन्छु ।

१। प्रमुख स्वकीय सचिव प्रतिक थापाको बिषयमा बाहिर आएको कुराहरु पनि अहिले मेरो बिषयमा आएको कुराहरु जस्तै सबै असत्य हुन् । यो “पानी धमिलो बनाउने” बिरोधिहरुको कुटिल चाल मात्र हो ।

२। माननीय गृहमन्त्रीको प्रमुख स्वकीय सचिव प्रतिक थापा नै हुन् ।

३। म कुनै राजनैतिक पदमा नियक्त भएको छैन ।

४। माननीय गृहमन्त्रीको लागि जुन काम गरे पनि मैले नियुक्त नलिइकन, सरकारी सेवा सुबिधा नलिई, अवैतनिक रुपलेबिसुद्ध स्वंसेविको रुपमा गर्दैछु, गर्नेछु ।

अबको बाँकि समय देश र जनताको लागि अर्पण गर्नेछु । जनताको सेवा गर्नुको लागि पद, प्रतिष्ठा र पैसा लिनु जरुरि छैन । गृहमन्त्रीको भ्रस्टाचार निर्मुल गरि सदाचार, समतामुलक समाज सिर्जना गर्ने दुरदृष्टिलाई सफल पार्न धेरै “प्रयासहरुको” एउटा प्रयास हुन चाहन्छु । बस् यत्ति ।

असत्य समाचार लेखेर ‘जनतालाई सबभन्दा अघि समाचार दिए’ भन्ने होडबाजीमा लाग्नु भन्दा सत्य तथ्य बुझेर, बिश्वशिलो समाचार लेखि आफ्नो पत्रिकाको छबि उच्च राख्न सबै पत्रकारलाई अनुरोध छ । र सबैलाई यस्ता भ्रमप्रति सचेत हुन पनि आग्रह गर्दछु ।

प्रतिक्रिया