821
Shares
काठमाडौं– काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग (इपीएल) को विजेताले ट्रफीसँगै २५ लाख पाउने भएको छ।
प्रतियोगिता अघि पुरस्कार राशीको घोषणा नगरेको आयोजकले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै प्रतियोगिताको उपाधि विजेताले पाउने रकम बारे जनाएको हो ।
यस्तै प्रतियोगिताको उपविजेता टोलीले १० लाख प्राप्त गर्ने भएको छ। यस्तै उत्कृष्ट खेलाडीलाई टिभीएस अपाचे मोटरसाइकल प्रदान गरीने आयोजकले जानकारी दिएको छ। दोस्रो संस्करणमा आयोजकले विजेता टोलीलाई २१ लाख दिएको थियो। यो सिजनमा गत वर्षको पुरस्कार राशीमा ४ लाख वृद्धि गर्दै २५ लाख पुर्याइएको हो। गत संस्करणको उपाधि विराटनगरले जितेको थियो।